Rule 111
शारीरिक थकाई (फटिक) सजाय गर्ने वा गारद नजरबन्द राख्ने वा नसिहत दिने वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने
: देहायको कुनै अवस्थामा कुनै पनि सशस्त्र प्रहरी कर्मचारीलाई यातना नहुने गरी शारीरिक थकाई (फटिक) सजाय गर्ने वा गारद नजरबन्द राख्ने वा नसिहत दिने वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकुल राय लेख्ने सजाय गर्न सकिनेछ :–
(क) अनुशासनहीन काम गरेमा,
(ख) कार्यसम्पादन सन्तोषजनक नभएमा,
(ग) काममा लापरबाही गरेमा,
(ग१) नियम १०७क. बमोजिम विवरण पेश नगरेमा,
(घ) एउटै पदमा दुई पटक भन्दा बढी चेतावनी पाएमा ।